Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.
Sunday, May 15, 2011
देन्ताममा भागोपको वृहत सभा सम्पन्न
देन्ताम,15 मई। भारतीय गोर्खाहरूको राष्ट्रिय छाता संगठन भारतीय गोर्खा परिसंघ (भागोप) सिक्किम राज्य समितिको पश्चिम सिक्किमको देन्ताममा भव्य सांगठनीक सभा सम्पन्न भयो। देन्ताम बरिष्ठ पाठशालाको प्रेक्षागृहमा स्थानीय युवा, वुद्धिजिवी, शिक्षकवर्ग,सरकारी कर्मचारी तथा राजनीतिज्ञहरूको रहर लाग्दो उपस्थितिमा सम्पन्न यस बैठकमा पश्चिम जिल्ला पञ्चायत उपाध्यक्ष बीबी विष्ट मुख्य अतिथिको रूपमा उपस्थित थिए।
हिजो शनीबार सम्पन्न उक्त बैठकमा आफ्नो सम्बोधन राख्दै उपाध्यक्ष विष्टले भने, यो संगठनलाई धेरैले राजनैतिक संगठनको रूपमा हेर्ने गर्छन् तर आज यहाँ यो सोच परिवर्तन गर्न आवश्यक छ। उनले भने, हामी पश्चिम जिल्लाको सबै दूर्गम ठाउँमा पनि यो संगठनलाई पुऱ्याएर गोर्खे समाज निर्माणको निम्ति कार्य गर्नुपर्छ। उनले पश्चिम जिल्लाको विभिन्न ठाउँमा भागोपको प्रतिनिधि बनाउनु पर्ने तथा भागोप नसुनेको ठाउँलाई पनि सुनाएर यसको महत्व र जातिको हितामा हुने कार्य गर्न सबैलाई हातेमालो गराउनु पर्ने सबैको कर्तव्य रहेको बताए।
यसैगरि भागोपको सत्प्रयासमा राज्य सरकारलाई गोर्काल्याण्डको निम्ति विधानसभामा प्रस्ताव पारित गराउने जुन आग्रह गरिएको थियो त्यसलाई सम्मान गर्दै गत 29 मार्चको दिन विधानसभामा ऐतिहासिक प्रस्ताव पारित गरिएको उनले उपस्थित समुदायलाई अवगत गराए।
बैठकमा राज्य अध्यक्ष डॉ. कमल गुरुङले आफ्नो सम्बौधनमा भने, भागोप राजनीति, धर्म र जातको संकुचित विचार धाराबाट माथि उल्किएर भारतमा बस्ने गोर्खा समुदायको सामाजिकस्तर अन्य जातिको हाराहारीमा पुऱ्याउने उद्देश्य राखेर कार्य गरिरहेको बताए। उनले भने, गोर्खा जातिको विभिन्न जात रहेको छ तर सबै जातको सा-साना धाराहरू मिलेर गोर्खा जाति नदी बन्छ हामी नदी बगौं एक जुट भएर यसो गर्दा हाम्रो अस्तित्व यथावत रहनेछ भने सबै जातको परम्परा र संस्कृतिको मेलले नै पूर्णाङ्ग गोर्खा जाति बनिनेछ।
उनले भारतीय गोर्खाहरूको देश प्रतिको योगदान र अनवरत देशप्रेमको भावनालाई देश समक्ष प्रस्तुत गर्नु पर्ने तथा इतिहासमा भएका भुलहरूलाई सच्याएर नयाँ इतिहास लेख्नु भागोपको उद्देश्य रहेका बताए। यसैगरि भागोपको राष्ट्रिय स्वरूप र कार्यप्रणालीबारे कार्यकारी आध्यक्ष नारायण भट्टराईले अवगत गराए। उनले भागोपको राष्ट्रिय मुद्दाहरू छिनो फानो गर्नु पर्ने दिशामा सबै तहबाट सहयोग र जोड लगाउनु पर्ने बताए ।
जसमा गोर्खाहरूको राष्ट्रिय चिन्हारीको प्रश्नसित जोडिएको छुट्टै राज्यको माग, गोर्खाहरूलाई दूरदर्शनमा गोर्खा च्यानल, गोर्खा बुद्धिजिवीहरूलाई राष्ट्रको सम्मानित पदमा मनोनित गराउने,भाषिक अल्पसंख्यको दर्जा दिलाउने, चियाबारी र सिन्कोनको समस्यालाई राष्ट्रिय समस्याको रूपमा चिन्हित गर्दै समाधान गराउने तथा पूर्वोत्तर राज्यका गोर्खाहरूको समस्यामाथि केन्द्र सरकारले ध्यान केन्द्रित गर्नु पर्ने अनि भागोपलाई गोर्खा प्रमाणपत्र प्रदान गर्ने संस्थानको मान्यता प्रदान गर्नु पर्ने जस्ता गहन र राष्ट्रि मुद्दामाथि अझ प्रसस्त कार्य हुनुपर्ने दिशामा जोड दिए।
अर्कोतिर भागोप राज्य शाखाका सल्लाहकार तथा पूर्व डीजीपी सीपी गिरीले भारतमा गोर्खाहरूको अवस्था र गोर्खाहरूले निर्धारण गर्नुपर्ने भावि कार्यक्रमहरूको बारेमा उपस्थित व्यक्तित्वहरूमाझ जानकारी गराए। उनले गोर्खाहरूलाई शैक्षिक, समाजिक अनि राजनैतिक र आर्थिक रूपले सम्पन्न गराएर राष्ट्रियस्तरमा शीर ठाँडो पारेर अघि बज्न सक्ने एउटा समभ्य जातिको रूपमा विकास गर्नुपर्ने बताए।
यसरी नै सिक्किम राज्य समिति द्वारा थालिएको कार्यक्रम र युवाहरूको सभागिताबारे सचिव प्रवीण खालिङले प्रष्ट पारे। उनले भने, देशले रगत मागे मलाई बलि चडाउ भन्दै सधैं गर्दन थापेर अघि आउने गोर्खाहरूले अब आफ्नो रगत बगेको हिसाब गर्दै देशले पनि अब गोर्खालाई हेर्ने दिन आएको छ। यसको निम्ति युवाहरूले शिक्षित र देशको कुनै पनि परिवेशमा कार्य गर्न सक्ने सक्षम नागरिको रूपमा आफूलाई तयार पार्नुपर्ने आह्वान गरे।
उनले भागोप सिक्किम राज्य शाखा द्वारा आगामी वर्षदेखि आइएएस, आइपीएस, आइएफएस तथा आइआरएस जस्तै सेवाको निम्ति सिक्किमे युवाहरूलाई तयार पार्ने व्यवस्था मिलाउने बताए। यसैगरि अन्य विभिन्न करियर सम्बऩ्धि जानकारीहरू पनि भागोपको राज्य शाखा कार्यालयबाट जिल्ला र शाखा समितिहरूमा पठाउने बताए।
यसैगरि भागोप राज्य शाखाको महत्वकांक्षी परियोजना सावित्रीदेवीको मुर्ति स्थापनाबारे आवश्यक दस्तावेजहरूको संकलनमा सबैले आफ्नो तर्फबाट पनि प्रयास गरेर भेटिएका दस्तावेजहरू राज्य शाखालाई उपलब्ध गराउनु पर्ने बताए। यसै गरि उनले अबको समय युवाहरूको जिम्मामा रहेको बताउँदै युवाहरूले जातिको उत्थान र विकासको निम्ति भागोपसित मिलेर अझ वृहतरूपमा कार्य गर्नुपर्ने बताए।
यसैगरि कार्यकर्ममा देन्ताम शाखाका अध्यक्ष सुरत गुरुङले भागोपको कार्यक्रमले गोर्खा समाजमा जातिप्रतिको प्रेम र यसको विकासको निम्ति महत्वपूर्ण कार्य गरिरहेको बताउदै राजनैतिक कुरा भनेर पर सर्ने मानसिकताबाट माथि उठेर जातिको हित र अस्तित्व रक्षाको निम्ति सबै अघि आउनुपर्ने बताए। यसैगरि हिबर्मेकका अध्यक्ष अशोक प्रधानले भने, भागोप गोर्खाहरूलाई राष्ट्रिय स्तरमा चिन्हारी प्रदान गर्दै उठाउने संस्था हो।
यो राजनीति भन्दा माथिको विषय हो सबैले यसको निम्ति सहयोग गर्दै जातीय एकताको निम्ति परिसंघसित कार्य गर्नुपर्छ, उनले भने। कार्यक्रमको सञ्चालन देन्तामका महासचिव जेपी छेत्रीले गरेका थिए भने राज्य महासचिव एस पाण्डे, सांगठनीक सचिव प्रेम राज गुरूङ, एसएम सुब्बा आदिले पनि अन्तरक्रियामा भाग लिएका थिए। कार्यक्रमलाई रोचक बनाउन स्थानीय लिटल विस्डम अंग्रेजी विद्यालयका विद्यार्थीहरूले लोक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गोर्खा जागरण गीत बाट कार्यक्रमको थालनी गरिएको थियो।
फोटोः कार्यक्रमलाई सम्बोधन गर्दै बीबी विष्ट अनि उपस्थित वुद्धिजिवी र युवावर्ग
Subscribe to:
Comments (Atom)