Shaheed Durga Malla

Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.

Thursday, February 10, 2011

सिप्सु गोलीकाण्डको भागोप द्वारा घोर भत्सर्ना जनाउँदै राष्ट्रपति प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन


स्थाई शान्तिको निम्ति छुट्टै राज्य गठन गरिनुपर्छः भागोप सिक्किम

गान्तोक,10 फरवरी।
भारतभरि छरिएका गोर्खाहरूको जीवन मरणको प्रश्न सित जोडिएको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई लिएर हातमा राष्ट्रिय ध्वाज लिएर आन्दोलनरत रहेका गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूमाथि डुवर्सको सिप्सुमा अर्धसैनिक बलद्वारा अमानविय ढंगमा गोली प्रहार गरि हत्याको ताण्डव रचेको घटनालाई भारतीय गोर्खा परिसंघ (भागोप), सिक्किम राज्य शाखाले घोर भत्सर्ना जनाउँदै राष्ट्रपति, प्रधानमन्त्री,गृहमन्त्री, सिक्किमका राज्यपाल-मुख्यमन्त्री, भाषिक अल्पसंख्यक आयोग, रक्षा मन्त्रालय, केन्द्रिय गृह सचिव,मानव अधिकार आयोगलाई ज्ञापन पठाएर प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा शान्ति वहाल गर्नको निम्ति केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग गर्दै यसको स्थाई समाधान छुट्टै राज्य गोर्खाल्याण्ड गठन मात्र समाधान रहेको ठोकुवा गरेको छ।

भागोपद्वारा राष्ट्रपति अनि अन्य नेताहरूलाई पठाएको ज्ञापनमा चारवटा महत्वपूर्ण माग राखेको छ। जसमा भनिएको छ, केन्द्र सरकार डुवर्समा भएको बर्बरतापूर्ण घटनाप्रति मौन नबसेर प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रको समस्या यथासिघ्र समाधान गर्दै शान्ति स्थपना गर्नु पर्छ।

गोर्खाहरूको संविधानसम्मत् मागलाई यथासिघ्र पुरा गरिनु पर्छ। यसैगरि डुवर्सको घटनालाई लिएर सर्वोच्च न्यायालयको न्यायाधिश नेतृत्वमा जाँच आयोग गठन गरिनु पर्छ अनि डुवर्समा भएको अति बर्बरता पूर्ण घटनामा सरकारी सैन्यबल द्वारा मानव अधिकार हनन गरिएकोमा उच्चस्तरीय जाँच गर्दै अपराधीलाई दण्ड दिइऩु पर्ने माग राखेको छ।

भागोपले डुवर्समा राष्ट्रिय ध्वज बोकेर हिँडेको निहत्था गोर्खाहरूमाथि गोलि चलाइनु कायरता र राष्ट्रिय ध्वाजको अपना तथा गान्धीवादी आन्दोलनलाई कलंक लगाउने कार्य गरेको बताएको छ।


यसैगरि भागोपले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा शान्ति स्थापनाको बाधा भनेकै अर्धसैनिकबलको तैनाथी रहेको ठोकुवा गर्दै केन्द्र सरकारको हस्तक्षेपमा तुरन्तै गोर्खाल्याण्ड क्षेत्रबाट अर्धसैनिक बल फिर्ता लिइऩु पर्छ। यसका साथै भागोपले केन्द्र सरकारद्वारा गोर्खाहरूको मागलाई यथासिघ्र समाधान गर्दै शान्ति स्थापना गरिनुपर्ने माग गरेको छ।


भागोपका राज्य अध्यक्ष डॉ. कमल गुरुङ, कार्यकारी अध्यक्ष नारायण भट्टराई, महासचिव एस पाण्डे, राष्ट्रिय कार्यकारी सदस्य प्रवीण खालिङ, राष्ट्रिय कार्यकारी सदस्य सीपी गिरी (आइपीएस) द्वारा हस्ताक्षरित ज्ञापनमा गोर्खाल्याण्ड क्षेत्र अतिनै सम्वेदनशील अन्तराष्ट्रिय सिमाना सित जोडिएको क्षेत्र भएकोले यसलाई अति सिघ्र समाधान गरेर आन्दोलनले राष्ट्रिय अखण्डतामा घात पुऱ्याउऩे स्थिति सिर्जना हुन अगावै समाधान गरिनु पर्ने माग गरेको छ।

यसैगरि कुटनैतिक दृष्टिले पनि यो क्षेत्रमा चलिरहेको आन्दोलनलाई अदेखान गर्न नहुने बताएको छ।

अर्कोतिर भागोपले गोर्खाल्याण्ड भारतभरिका गोर्खाहरूको परिचय र राष्ट्रिय चिन्हारीको माग रहेको बताउँदै आन्दोलनलाई अझ व्यापकता दिन भागोप सिक्किम राज्य समितिले चरणबद्ध ढंगमा अब सिक्किममा पनि आन्दोलन तिब्र पार्ने घोषणा गरेको छ।

गणतान्त्रीक ढंगमा आन्दोलनको रूपरेखा चाँडै घोषणा गर्ने तथा सम्पूर्ण गोर्खे सन्तानलाई छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन राष्ट्रव्यापि रूपमा विस्तर गरेर लाने आह्वान गरेको छ।

1 comment:

  1. COMMENDABLE WORK DONE BY MR.PRABIN KHALING PLEASE KEEP IT UP

    ReplyDelete