Shaheed Durga Malla

Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.

Wednesday, August 25, 2010

भागोप सिक्किम द्वारा बलिदान भव्यताको साथमा पालन



पाकिम,25 अगस्त। भारतदेशमा जति अरू समुदायको हक र अधिकार छ त्यत्ती नै अधिकार गोर्खाहरूको पनि छ। यो देश आरूको जत्तिकै गोर्खाहरूको पनि हो। यस प्रकारको वक्तव्य भारतीय गोर्खा परिसंघ (भागोप) पूर्व कार्यकारी अध्यक्ष तथा मिशन जाग्रत समाज भारतका निदेशक सी के श्रेष्ठले व्यक्त गरेका हुन।

पूर्व सिक्किमको पाकिम सामुदायिक भवनमा आयोजित बलिदान दिवसको अवसरमा उनले आफ्नो वक्तव्य राख्दै उनले भने स्वाधिनताको निम्ति आफ्नो प्राणको बलिदान दिने सहिद मेजर दुर्गा मल्लले वीरगति प्राप्त गरेको दिनलाई भारत सरकारले छुट्टी घोषित गर्नु पर्छ तर यसको निम्ति हामीले नै यो बलिदान दिवसलाई भव्यताको साथमा पालन गर्दै देशको ध्यान आकर्षित गरेर हाम्रो माग को मुल्याङ्कन गराउन सक्नु पर्छ।


उनले वलिदान दिवसको दिन ब्रिटिश सरकारले दुर्गामल्ललाई सरकार विरिद्ध काम गरेकोमा फाँसी दिएको थियो भने यो दिन ,केव दुर्गा मल्लको निम्ति मात्र समर्पित नभएर देश स्वाधिनताको निम्तिम आहुति दिने र स्वतन्त्रता पछि पनि देश रक्षामा होमिएका सबै वीर वीरङ्गनाहरूलाई श्रद्धा अर्पण गर्ने दिन हो।

उनले देशमा गोर्खाहरूको गरिमाबारे बोल्दै भने, भारत देश भगतसिंह, गान्धि, आजाद र सुभाषचन्द्र वोसको हो भन्छन् भने उत्तिकै यो देश सहिद दुर्गामल्ल र सावित्रीदेवीको पनि हो। उनले अझ भने, .यो देशको राष्ट्रगानका रचयीता रविन्द्रनाथ ठाकुरको हो भने यो देश गीतको धुन भर्ने कप्तान रामसिहं ठकुरीको पनि हो। खास कुरा यहाँ छ तर यो कुरा देशका कतिले बुझेका छन् अनि यो कुरालाई बुझाउने प्रयास हामीले कति गरेका छौ आज घोत्लिने दिन हो।


निदेशक श्रेष्ठले गोर्खाहरूको अवस्थान र स्थितिबारे बोल्दै भने, आज देशका विभिन्न भागहरूमा बसोबासो गर्ने गोर्खा समुदायका मानिसहरू विभिन्न समस्याले पिरोलिएका छन् तर यी समस्याहरूको सुनुवाई हुननसक्नुको पछाडी यी कुराहरूलाई सही ढंगमा सही स्थानमा प्रस्तुत गर्न नसकेकोले पनि हो।

तर भारत देश प्रजातान्त्रीक मूल्य र मान्यताको सम्मान भएको देश हो यहाँ सही ढंगमा पहल गरिएमा सबै कुराको समाधान र मुल्याङ्कन हुन्छ। हामी हाम्रा समस्याहरू सहीरूपमा प्रस्तुत गर्न सक्नुपर्छ।
उनले सिक्किमे गोर्खाहरूको सन्दर्भमा बोल्दै उनले भने, सिक्किमका गोर्खाहरूले आफ्नै जातिको हित र कल्याण मात्र सोचेर हुँदैन समग्रतामा सम्पूर्ण सिक्किमको हित र कल्याण सोचेको हुनुपर्छ। किन भने सिक्किमको हित र कल्याणमा नै त्यहाँ बसेका गोर्खाहरूको हित र कल्याण निहित छ। सिक्किम बलियो भएमा देशभऱिका गोर्खाहरूले त्यो शक्तिको तापमा अगाडि बड्न सक्नेछ, उनले थपे।

यसैगरि उनले अझ भने,जातीय समस्याहरूको समाधनको निम्ति सबल र सक्षम जातीय संगठन हुँनैपर्छ। यसको निम्ति सर्वप्रथम हामी संगठीत हुनुपर्छ। यसगै गरि उनले गोर्खा समुदायको इतिहास पुनःलेखलको स्थितमा रहेको बताउँदै यस समयलाई अति गम्भीरतासित लिनु पर्ने आवश्यकता बताए। गोर्खा समुदायले आज के चाहेका छन र गोर्खाहरूलाई देशले बुझ्न जरूरी भएको छ , देशलाई बुझाउन आवश्यक छ।

यसै गरि कार्यक्रमका मुख्य अतिथि नागाल्याण्डका पूर्व पुलिस महानिदेशक सी पी गिरीले आफ्नो सम्बोधनमा भने, हामीले संगठीत हुनक्रम शुरु गरेका छौ। यसलाई निरन्तरता दिनुपर्छ जसको निम्ति हामीले भागोप जस्तो राष्ट्रवादी जातीय संगठनलाई अगंलेर यसैमार्फत समग्र विकास गर्नु पर्छ। उनले अझ भने, भागोपको सदस्यता प्रत्येक व्यक्तिले लिनु पर्छ यसको किनभने यो संस्थाको विकास नै सदस्यता र सहभागितामा निर्भर रहेको छ।

अर्कतिर गोर्खाहरूले राष्ट्रिय मूलधारामा गएर प्रतिस्पर्धा गर्न सक्नु पर्ने बताउदै आईपीएस आइएएस तथा अन्य प्रशासनिक परिक्षाहरूमा उतिर्ण भएर धेरै भन्दा धेरै वुद्धिजीवि व्यक्तिहरू तयार पार्नु पर्ने बताए। यसको निम्ति भागोपले थालेको समाज निर्माणको कार्यलाई पनि अघि बडाएर लानु पर्ने जसले सही व्यक्तित्व विकास गर्ने बताए। उनले भागोपको संगठन विस्तार मै जोड दिए।

यसै गरि विशिष्ठ अतिथि सिक्किमका एक इतिहास पुरूष सीडी राईले आफ्ने सम्बोधनमा गोर्खाहरूको उत्थानको निम्ति राष्ट्रिय स्तरमै पहल गर्नु पर्ने तथा यसको निम्ति आफ्नो पक्षबाट हुन सक्ने सम्पूर्ण सहयोग प्रदान गर्ने बताए।

यसै गरि भागोप जोन 1 का महासचिव जेम्स प्रधानले आफ्नो सम्बोधनमा सिक्किम राज्य समितिले गरेको कार्यको सराहना गर्दै गोर्खाहरू उत्थानको निम्ति र ऱाष्ट्रिय मान्यताको निम्ति भागोपले गरिरहेको पहलमा सबैले सहभागिता जनाउनु पर्ने बताए।
अर्कोतिर विशिष्ठ अतिथि तथा बोडोल्याण्ड क्षेत्रिय परिषदका पार्षद माधव कार्कीले आफ्ने सम्बोधनमा गोर्खाहरूको हितमा आफू सधै लागि पर्ने बचन बद्धता जाहेर गरे। उनले राष्ट्रियस्तरमै गोर्खाको विकास र उत्थान हुनु पर्ने बताए।


यसै गरि कार्यक्रममा सभाध्यक्षको सम्बोधन राख्दै भागोप सिक्किम राज्य समितिका अध्यक्ष डॉ. कमल गुरूङले भागोपको दर्शन र सिक्किममा यसको गतिविधीको विस्तृत जानकारी प्रस्तुत गरे। उनले जातिको संगठन दह्रिलो हुनु र जातीय चिन्हारी स्थापित गरेर गोर्खाहरूलाई गरिमामय बनाउने दिशामा आह्वान गरे।

उनले यस संगठनमा युवा सहभागितामाथि जोड दिए। कार्यक्रमा सहिद मेजर दुर्गामल्लको प्रतिमाको प्रतिकृतिमा श्रद्धाञ्जली अर्पण गरियो भने, सिक्किमकी एक्ली स्वाधिनता सेनानी सावित्रीदेवी उर्फ हेलेन लेप्चाको तस्वीरमा पनि श्रद्धा अर्पण गरिए। यसका साथै भागोपद्वारा शोध गरेर निर्माण गरेको वृत्तचीत्र लोकार्पण गरियो। यसै गरि सिक्किम परिसंघको दुर्गामल्ल सावित्रीदेवी विशेषाङ्क पनि लोकार्पण गरियो।

अर्कोतिर पाकिम शाखाको तत्परतामा जागरण गीत र राष्ट्रवादी गोर्खा भारती गीत प्रस्तुत गरियो। यसै गरि रिनाक शाखाले राष्ट्रवादी गीत प्रस्तुत गरे। कार्यक्रममा सम्मान पर्व अन्तर्गत 9 जना वरिष्ठ भूतपूर्व सैनिकहरूलाई सम्मान गरिए। यसै गरि भागोपको सहयोगी संस्थान मानव सेवा समिति लेगसेप अनि इष्ट पोइन्ट स्कूल सिंगतामलाई पनि अभिनन्दन गरियो।

कार्यक्रममा पूर्वत्तर राज्य समेत सिक्किमका चारै जिल्लाबाट प्रतिनिधिहरू आएका थिए। यसै गरि कालेबुङ र दार्जीलिङका प्रतिनिधिहरूको पनि गरिमामय उपस्थित थियो।

No comments:

Post a Comment