Shaheed Durga Malla

Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.

Monday, August 23, 2010

""जातिप्रेमी हौं भन्ने गर्व गर्नुहुन्छ भने 25 अगस्तको दिन "हक-छुट्टी' लिनुहोस्‌ः नाट्यभूचण सी. के. श्रेष्ठ'


. गान्तोक, 23 अगस्त। भारतभरिका गोर्खे सन्तानको नाममा भारतीय गोर्खा परिसंघका पूर्व कार्यकारी अध्यक्ष तथा मिशन जाग्रत समाजका राष्ट्रिय निर्देशक नाट्यभूषण सी के श्रेष्ठले बलिदान दिवसको अवसरमा देशको निम्ति अफ्नो प्राणको वलिदान दिने सपुतहरूको श्रद्धामा एक दिन छुट्टी बसेर बलिदान दिवसमा सहभागि बन्ने आह्वान गरेका छन्।

उनले भनेका छन्, 25 अगस्त, 1944 आजाद हिन्द फौजका मेजर दुर्गा मल्लले स्वतन्त्रता संग्राममा हॉंसी-हॉंसी फॉंसी चढ़ेको दिन । मेजर दुर्गा मल्ल जस्तै पश्चिमाञ्चलबाट क्याप्टन दलबहादुर थापा, सिक्किमकी सावित्री देवी, पूर्वाञ्चलका छबिलाल उपाध्यायसरह हजारौं गोर्खा स्वतन्त्रता सेनानीहरूका अतुलनीय उत्सर्गले आज भारत एक स्वतन्त्र राष्ट्रको रूपमा स्थापित छ ।

यस राष्ट्रको निर्माणदेखि सुरक्षासम्म आफ्नो सम्पूर्ण जीवन बलिदान चढ़ाउने ती हजारौं गोर्खा वीर वीरांगनाको स्मृतिमा 25 अगस्तको दिनलाई "बलिदान दिवस'-को रूपमा भारतभरि पालन गरिने प्रयास भर्खरै चलाइएको छ । तर गोर्खाको बलिदानलाई गोर्खाले मात्रै कदर गरेर राष्ट्रले भने गरेन भने त्यो अर्थहीन हुनेछ ।

शहीद दुर्गा मल्ललाई राष्ट्रिय विभूति मानेर संसद परिसरमा मूर्ति स्थापित गरिसकेपछि राष्ट्रले पनि गोर्खाले आजसम्म देचलाई दिएको बलिदानको कदर गर्दै 25 अगस्त "बलिदान दिवस'-लाई मान्यता दिएर राष्ट्रिय पर्वको रूपमा बिदा घोशणा गर्नपर्ने हो । यो कार्य हुनसकेमा अन्य भारतीय जातिहरूको हाराहारीमा गोर्खा जातिलाई पनि मर्यादापूर्वक प्रतिश्ठापित गर्ने प्रक्रियामा ठूलै टेवा पुग्ने थियो । तर यो हुनलाई भारतका सम्पूर्ण गोर्खा सन्तानले एकजूट भएर निरन्तर प्रचेश्टा चलाउन पर्नेछ ।

राष्ट्रिय स्तरमा बलिदान दिवसलाई मान्यता दिलाउन अघि गोर्खाहरूले राज्य-राज्यमा क्षेत्रीय स्तरमा यस दिवसलाई मान्यता दिलाउन पहल शुरू गर्नु पर्नेछ । अनि यस कुरोको निम्ति सबैभन्दा महत्वपूर्ण भूमिका गोर्खाहरू स्वयंले नै निर्वाह गर्नु पर्नेछ । 25 अगस्तलाई सरकारी बिदा घोशणा गर्ने नगर्ने निर्णय त सरकारको हो । तर "गोर्खाहरूको बलिदानलाई कदर गरेर 25 अगस्तलाई सरकारी मान्यता दिनुपर्छ' भन्ने गोर्खाहरू स्वयंले पहिले यस दिनलाई महत्व नदिए सरकारले कसरी देला ?

"सरकारी बिदा' हाम्रो हातको कुरो होइन । तर आनै हातमा भएको "हक-छुट्टी'-लाई त सदुपयोग गर्न सक्छौं नि ! गोर्खा हौं भनेर आनो जातिको गर्व गर्छौं भने 25 अगस्त "बलिदान दिवस'-लाई पालन गर्दै सामूहिक बिदा लिऔं । हाम्रा शहीदहरूको कदर हामी आफैले गरे मात्र अरूले पनि गर्लान्।

याद राख्नुहोस्वीर गोर्खा सेनानीहरूले त हाम्रो निम्ति आनो प्राणसम्म बलि चढ़ाए, आफुलाई सम्पूर्ण रूपले समर्पण गरिदिए । समाजको निम्ति, जातिको निम्ति केही गर्नुपर्छ भन्नेहरूले के एक दिनको छुट्टीलाई बलि चढ़ाउन सक्दैनौं ?
गोर्खा चहीदहरूको नाममा एक दिनको छुट्टीलाई बलि चढ़ाएर सही अर्थमा बलिदान दिवस पालन गरौं ।

जय गोर्खा ! जय हिन्द !!

3 comments:

  1. I do agree with this proposal. On the eve of "Balidan Diwas" all the Indian Gorkhas should take one day mass casual leave. Then it only it will be logical to demand for the gazetted holiday.

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. Friends my son Subodh Sharma of Fatak Darah, Kurseong has suggested me to request the Government of India to mint the Statue ( Salig) portrait of Saheed Major Durga Malla on the Indian Currency Coins and release the coins on the eve of coming 'Balidan Diwas' 2011.The Sub-Divisional Committee of Bharatiya Gorkha Parisangh, Kurseong has already adopted this resolution and moving the same to the Central Programme Cell through our ZoneII Coordinator. Hope our other units will also support this proposal.

    ReplyDelete