GANGTOK, 11 Feb: The Bharatiya Gorkha Parisangh’s Sikkim-unit has condemned the death of three GJM supporters in a police firing in West Benagl on 08 Feb.
In this regard the BGP has submitted a letter to the President of India, the Prime Minister, Home Minister, Governor and the Chief Minister of Sikkim, Defence Ministry, Central Home Secretary, Human Rights Commission and the Minority Commission demanding immediate reaction by the Centre to restore peace in the Darjeeling Hills.
It has also strongly contended that the creation of Gorkhaland was the only lasting solution to this violence, a BGP press release states.
The memorandum is signed by BGP-Sikkim president, Kamal Gurung, working president, Narayan Bhattarai, general secretary, S Pandey, National Working Committee members Pravin Khaling and CP Giri.
The memorandum has also demanded that the Centre institute an enquiry committee headed by a Supreme Court judge to investigate the incident at Sibchu in West Bengal and that those guilty of having perpetuated State violence on a peaceful procession be punished as per law.
The police firing, the memorandum contends, was an act of cowardice.
The memorandum has also demanded that paramilitary forces be withdrawn from Darjeeling, accusing them of vitiating the peace in Darjeeling.
The BGP adds that it will also now build up support for the movement for statehood more forcefully even in Sikkim.
Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.
Friday, February 11, 2011
Thursday, February 10, 2011
सिप्सु गोलीकाण्डको भागोप द्वारा घोर भत्सर्ना जनाउँदै राष्ट्रपति प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापन

स्थाई शान्तिको निम्ति छुट्टै राज्य गठन गरिनुपर्छः भागोप सिक्किम
गान्तोक,10 फरवरी। भारतभरि छरिएका गोर्खाहरूको जीवन मरणको प्रश्न सित जोडिएको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई लिएर हातमा राष्ट्रिय ध्वाज लिएर आन्दोलनरत रहेका गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरूमाथि डुवर्सको सिप्सुमा अर्धसैनिक बलद्वारा अमानविय ढंगमा गोली प्रहार गरि हत्याको ताण्डव रचेको घटनालाई भारतीय गोर्खा परिसंघ (भागोप), सिक्किम राज्य शाखाले घोर भत्सर्ना जनाउँदै राष्ट्रपति, प्रधानमन्त्री,गृहमन्त्री, सिक्किमका राज्यपाल-मुख्यमन्त्री, भाषिक अल्पसंख्यक आयोग, रक्षा मन्त्रालय, केन्द्रिय गृह सचिव,मानव अधिकार आयोगलाई ज्ञापन पठाएर प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा शान्ति वहाल गर्नको निम्ति केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग गर्दै यसको स्थाई समाधान छुट्टै राज्य गोर्खाल्याण्ड गठन मात्र समाधान रहेको ठोकुवा गरेको छ।
भागोपद्वारा राष्ट्रपति अनि अन्य नेताहरूलाई पठाएको ज्ञापनमा चारवटा महत्वपूर्ण माग राखेको छ। जसमा भनिएको छ, केन्द्र सरकार डुवर्समा भएको बर्बरतापूर्ण घटनाप्रति मौन नबसेर प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रको समस्या यथासिघ्र समाधान गर्दै शान्ति स्थपना गर्नु पर्छ।
गोर्खाहरूको संविधानसम्मत् मागलाई यथासिघ्र पुरा गरिनु पर्छ। यसैगरि डुवर्सको घटनालाई लिएर सर्वोच्च न्यायालयको न्यायाधिश नेतृत्वमा जाँच आयोग गठन गरिनु पर्छ अनि डुवर्समा भएको अति बर्बरता पूर्ण घटनामा सरकारी सैन्यबल द्वारा मानव अधिकार हनन गरिएकोमा उच्चस्तरीय जाँच गर्दै अपराधीलाई दण्ड दिइऩु पर्ने माग राखेको छ।
भागोपले डुवर्समा राष्ट्रिय ध्वज बोकेर हिँडेको निहत्था गोर्खाहरूमाथि गोलि चलाइनु कायरता र राष्ट्रिय ध्वाजको अपना तथा गान्धीवादी आन्दोलनलाई कलंक लगाउने कार्य गरेको बताएको छ।
यसैगरि भागोपले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा शान्ति स्थापनाको बाधा भनेकै अर्धसैनिकबलको तैनाथी रहेको ठोकुवा गर्दै केन्द्र सरकारको हस्तक्षेपमा तुरन्तै गोर्खाल्याण्ड क्षेत्रबाट अर्धसैनिक बल फिर्ता लिइऩु पर्छ। यसका साथै भागोपले केन्द्र सरकारद्वारा गोर्खाहरूको मागलाई यथासिघ्र समाधान गर्दै शान्ति स्थापना गरिनुपर्ने माग गरेको छ।
भागोपका राज्य अध्यक्ष डॉ. कमल गुरुङ, कार्यकारी अध्यक्ष नारायण भट्टराई, महासचिव एस पाण्डे, राष्ट्रिय कार्यकारी सदस्य प्रवीण खालिङ, राष्ट्रिय कार्यकारी सदस्य सीपी गिरी (आइपीएस) द्वारा हस्ताक्षरित ज्ञापनमा गोर्खाल्याण्ड क्षेत्र अतिनै सम्वेदनशील अन्तराष्ट्रिय सिमाना सित जोडिएको क्षेत्र भएकोले यसलाई अति सिघ्र समाधान गरेर आन्दोलनले राष्ट्रिय अखण्डतामा घात पुऱ्याउऩे स्थिति सिर्जना हुन अगावै समाधान गरिनु पर्ने माग गरेको छ।
यसैगरि कुटनैतिक दृष्टिले पनि यो क्षेत्रमा चलिरहेको आन्दोलनलाई अदेखान गर्न नहुने बताएको छ।
अर्कोतिर भागोपले गोर्खाल्याण्ड भारतभरिका गोर्खाहरूको परिचय र राष्ट्रिय चिन्हारीको माग रहेको बताउँदै आन्दोलनलाई अझ व्यापकता दिन भागोप सिक्किम राज्य समितिले चरणबद्ध ढंगमा अब सिक्किममा पनि आन्दोलन तिब्र पार्ने घोषणा गरेको छ।
गणतान्त्रीक ढंगमा आन्दोलनको रूपरेखा चाँडै घोषणा गर्ने तथा सम्पूर्ण गोर्खे सन्तानलाई छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन राष्ट्रव्यापि रूपमा विस्तर गरेर लाने आह्वान गरेको छ।
Saturday, December 11, 2010
Prof. Lama and Chopel Conferred Gorkha Gaurav Awards on the occasion of Gorkha Gaurav Diwas
Gangtok,22 Nov: Vice Chancellor, Sikkim Central University, Prof, Mahendra P Lama and renowned film director, Ugen Chopel, were conferred with the gorkha Gaurav award 2010 today by Bharatiya Gorkha Parisangh,Sikkim Unit for their roles in securing the identity of the Gorkha community in India trough their success in their respective fields. The awards were handed over by the former working president, BGP, CK Shrestha, on the occasion of Gorkha Gaurav Diwas which was celebrated at a Smiland amusement park near Gangtok today.

The awardees were presented a memento, citation and shawl recording the Gorkha Parisangh's recognition of their contributions to the fields of education and national security (for Prof. Lama) and creative arts and culture (for Mr. Chople).
In his address, Prof. Lama shared that the Gorkha community has already earned laurels and recognition as one of the most courageous people in the world and that now it was time to also establish their power and credentials in the academic field as well. Winning recognition for Nepali language in the Eighth Schedule of the Constitution,he shared, was the first step towards this endeavor and urged members of the community to invest the required priority on education which would help the community establish an stronger identity.
He also commented that one of the reasons behind the general backwardness of the community was that it dose not have any written history which leaves the field open for others to generate wrong notions about Gorkhas.
He commented that organizations like BGP could play an important role towards documenting and authenticating books on the Gorkhas and presenting it to the world.
Similarly, Mr Chopel thanked the organizers for the award and expressed happiness and gratitude on being felicitated ofn the same plateform as a respected intellectual like Prof. Lama.
The programme was chaired by BGP's Sikkim State Samiti president, Dr. Kamal Gurung and hada former Nagaland DGP CP Giri as the guest of honour.
In his address, Mr. Shrestha called on the Gorkha Community to abandon its obsession with holding on to even obsolete which were holding the community back.
It was Important, he said, to move along with the changing times.He also echoed the Lama's sentiments ofn the need for the community to priorities education.

Sunday, August 29, 2010
वलिदान दिवस कार्यक्रमपछि भागोप सिक्किमको समिक्षा बैठक सम्पन्न
वलिदान दिवसमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुऱ्याउने सबैको आभारी छौः भागोप सिक्किम
गान्तोक,29 अगस्त। भारतीय गोर्खा परिसंघ (भागोप) सिक्किम राज्य द्वारा पूर्व सिक्किमको पाकिममा गत 25 अगस्तको दिन पालन गरिएको बलिदान दिवसमाथि आइतबार पाकिम बजारको एक होटलमा समिक्षा बैठक सम्पन्न भयो। भागोप राज्य अध्यक्ष डॉ.कमल गुरूङको अध्यक्षतामा संपन्न बैठकमा बलिदान दिवसको कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउनेहरूलाई आभार प्रकट गर्दै एउटा धन्यवाद प्रस्ताव ग्रहण गरियो।
बैठकमा धन्यवाद प्रस्ताव राख्दै अध्यक्ष गुरूङले भने, भागोपले आय़ोजन गरेको बलिदान दिवस कार्यक्रममा थुप्रै गैर सरकारी संगठन, सरकारी उच्च पदाधिकारी, सरकारी कर्माचारी, वुद्धिजिवी,शिक्षित युवा तथा आम मानिसहरूले प्रत्यक्ष अनि अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याएका थिए। उनीहरूको योगदान र समर्पण भागोपको समाज निर्माण र जातिको उत्थानको महाअभियानको निम्ति महत्वपूर्ण रहेको छ। उनीहरूको सहयोगले समाज निर्माणलाई थप टेवा पुगेको छ। जुन भागोपले सदैव ऋणी महशुस गर्दै सम्झनामा राख्ने छ।
उनले निकट भविष्यमा पनि सहयोगी संघ-संस्थाहरूको यस्तै सहयोग को अपेक्षा राखेका छन्। अर्कोतिर भागोप पाकिम शाखा अध्यक्षले बलिदान दिवसको आयव्ययको हिसाब-किताब प्रस्तुत गरेपछि पाकिममा भागोपको गतिविधिबारे विस्तृत प्रतिवेदन पनि प्रस्तुत गरे। जसमा उनले वलिदान दिवस आयोजन गर्ने क्रममा लगभग एक हप्ताभित्रमात्र भागोपको आजीवन सदस्यता ग्रहण गर्नेहरूको संख्या 106 जना पुगेको बताए। जसमा सरकारी उच्च पदाधिकारी, अवकाशप्राप्त कर्मचारी, समाज सेवी, शिक्षित युवा तथा समाजका माथ्थिलो तप्काका वुद्धिजिवीहरूको संलग्नता रहेको जानकारी गराए। उऩले अझ भागोपको सदस्यता व्यापक रूपमा थाल्ने अनि निकट भविष्यमा पाकिमका सबै जनगणलाई समाज निर्माणमा लागिपरेको यो राष्ट्रिय संगठन भागोपको दिशा निर्देशनमा अघि बड्ने बताए।
अर्कोतिर भागोप राज्य समिति कार्यकारी अध्यक्ष नारायण भट्टराईले कार्यक्रमको विभिन्न पक्षहरूलाई लिएर समिक्षा प्रस्तुत गरे। उनले आगामी दिनमा दिशाहिन बन्न लागेको समाजलाई सही मार्गमा डोहोऱ्याउन पहल गर्नुपर्ने बताउँदै पाकिममा अझ व्यापक सांगठनीक कार्यक्रमहरू अघि वडाउने बताए।यसै गरि आगामी सितंबर महिनालाई संगठन विस्तारको निम्ति समर्पित गर्दै राज्यव्यापी रूपमा सांगठनीक कार्यक्रम थालिने बताए। समिक्षा बैठकमा पाकिम शाखाका र राज्य समितिका पदाधिकारीगणको उपस्थिति रहेको थियो।

Wednesday, August 25, 2010
भागोप सिक्किम द्वारा बलिदान भव्यताको साथमा पालन
पाकिम,25 अगस्त। भारतदेशमा जति अरू समुदायको हक र अधिकार छ त्यत्ती नै अधिकार गोर्खाहरूको पनि छ। यो देश आरूको जत्तिकै गोर्खाहरूको पनि हो। यस प्रकारको वक्तव्य भारतीय गोर्खा परिसंघ (भागोप) पूर्व कार्यकारी अध्यक्ष तथा मिशन जाग्रत समाज भारतका निदेशक सी के श्रेष्ठले व्यक्त गरेका हुन।
पूर्व सिक्किमको पाकिम सामुदायिक भवनमा आयोजित बलिदान दिवसको अवसरमा उनले आफ्नो वक्तव्य राख्दै उनले भने स्वाधिनताको निम्ति आफ्नो प्राणको बलिदान दिने सहिद मेजर दुर्गा मल्लले वीरगति प्राप्त गरेको दिनलाई भारत सरकारले छुट्टी घोषित गर्नु पर्छ तर यसको निम्ति हामीले नै यो बलिदान दिवसलाई भव्यताको साथमा पालन गर्दै देशको ध्यान आकर्षित गरेर हाम्रो माग को मुल्याङ्कन गराउन सक्नु पर्छ।
उनले वलिदान दिवसको दिन ब्रिटिश सरकारले दुर्गामल्ललाई सरकार विरिद्ध काम गरेकोमा फाँसी दिएको थियो भने यो दिन ,केव दुर्गा मल्लको निम्ति मात्र समर्पित नभएर देश स्वाधिनताको निम्तिम आहुति दिने र स्वतन्त्रता पछि पनि देश रक्षामा होमिएका सबै वीर वीरङ्गनाहरूलाई श्रद्धा अर्पण गर्ने दिन हो।
उनले देशमा गोर्खाहरूको गरिमाबारे बोल्दै भने, भारत देश भगतसिंह, गान्धि, आजाद र सुभाषचन्द्र वोसको हो भन्छन् भने उत्तिकै यो देश सहिद दुर्गामल्ल र सावित्रीदेवीको पनि हो। उनले अझ भने, .यो देशको राष्ट्रगानका रचयीता रविन्द्रनाथ ठाकुरको हो भने यो देश गीतको धुन भर्ने कप्तान रामसिहं ठकुरीको पनि हो। खास कुरा यहाँ छ तर यो कुरा देशका कतिले बुझेका छन् अनि यो कुरालाई बुझाउने प्रयास हामीले कति गरेका छौ आज घोत्लिने दिन हो।
निदेशक श्रेष्ठले गोर्खाहरूको अवस्थान र स्थितिबारे बोल्दै भने, आज देशका विभिन्न भागहरूमा बसोबासो गर्ने गोर्खा समुदायका मानिसहरू विभिन्न समस्याले पिरोलिएका छन् तर यी समस्याहरूको सुनुवाई हुननसक्नुको पछाडी यी कुराहरूलाई सही ढंगमा सही स्थानमा प्रस्तुत गर्न नसकेकोले पनि हो।
तर भारत देश प्रजातान्त्रीक मूल्य र मान्यताको सम्मान भएको देश हो यहाँ सही ढंगमा पहल गरिएमा सबै कुराको समाधान र मुल्याङ्कन हुन्छ। हामी हाम्रा समस्याहरू सहीरूपमा प्रस्तुत गर्न सक्नुपर्छ।
उनले सिक्किमे गोर्खाहरूको सन्दर्भमा बोल्दै उनले भने, सिक्किमका गोर्खाहरूले आफ्नै जातिको हित र कल्याण मात्र सोचेर हुँदैन समग्रतामा सम्पूर्ण सिक्किमको हित र कल्याण सोचेको हुनुपर्छ। किन भने सिक्किमको हित र कल्याणमा नै त्यहाँ बसेका गोर्खाहरूको हित र कल्याण निहित छ। सिक्किम बलियो भएमा देशभऱिका गोर्खाहरूले त्यो शक्तिको तापमा अगाडि बड्न सक्नेछ, उनले थपे।
यसैगरि उनले अझ भने,जातीय समस्याहरूको समाधनको निम्ति सबल र सक्षम जातीय संगठन हुँनैपर्छ। यसको निम्ति सर्वप्रथम हामी संगठीत हुनुपर्छ। यसगै गरि उनले गोर्खा समुदायको इतिहास पुनःलेखलको स्थितमा रहेको बताउँदै यस समयलाई अति गम्भीरतासित लिनु पर्ने आवश्यकता बताए। गोर्खा समुदायले आज के चाहेका छन र गोर्खाहरूलाई देशले बुझ्न जरूरी भएको छ , देशलाई बुझाउन आवश्यक छ।
यसै गरि कार्यक्रमका मुख्य अतिथि नागाल्याण्डका पूर्व पुलिस महानिदेशक सी पी गिरीले आफ्नो सम्बोधनमा भने, हामीले संगठीत हुनक्रम शुरु गरेका छौ। यसलाई निरन्तरता दिनुपर्छ जसको निम्ति हामीले भागोप जस्तो राष्ट्रवादी जातीय संगठनलाई अगंलेर यसैमार्फत समग्र विकास गर्नु पर्छ। उनले अझ भने, भागोपको सदस्यता प्रत्येक व्यक्तिले लिनु पर्छ यसको किनभने यो संस्थाको विकास नै सदस्यता र सहभागितामा निर्भर रहेको छ।
अर्कतिर गोर्खाहरूले राष्ट्रिय मूलधारामा गएर प्रतिस्पर्धा गर्न सक्नु पर्ने बताउदै आईपीएस आइएएस तथा अन्य प्रशासनिक परिक्षाहरूमा उतिर्ण भएर धेरै भन्दा धेरै वुद्धिजीवि व्यक्तिहरू तयार पार्नु पर्ने बताए। यसको निम्ति भागोपले थालेको समाज निर्माणको कार्यलाई पनि अघि बडाएर लानु पर्ने जसले सही व्यक्तित्व विकास गर्ने बताए। उनले भागोपको संगठन विस्तार मै जोड दिए।
यसै गरि विशिष्ठ अतिथि सिक्किमका एक इतिहास पुरूष सीडी राईले आफ्ने सम्बोधनमा गोर्खाहरूको उत्थानको निम्ति राष्ट्रिय स्तरमै पहल गर्नु पर्ने तथा यसको निम्ति आफ्नो पक्षबाट हुन सक्ने सम्पूर्ण सहयोग प्रदान गर्ने बताए।
यसै गरि भागोप जोन 1 का महासचिव जेम्स प्रधानले आफ्नो सम्बोधनमा सिक्किम राज्य समितिले गरेको कार्यको सराहना गर्दै गोर्खाहरू उत्थानको निम्ति र ऱाष्ट्रिय मान्यताको निम्ति भागोपले गरिरहेको पहलमा सबैले सहभागिता जनाउनु पर्ने बताए।
अर्कोतिर विशिष्ठ अतिथि तथा बोडोल्याण्ड क्षेत्रिय परिषदका पार्षद माधव कार्कीले आफ्ने सम्बोधनमा गोर्खाहरूको हितमा आफू सधै लागि पर्ने बचन बद्धता जाहेर गरे। उनले राष्ट्रियस्तरमै गोर्खाको विकास र उत्थान हुनु पर्ने बताए।
यसै गरि कार्यक्रममा सभाध्यक्षको सम्बोधन राख्दै भागोप सिक्किम राज्य समितिका अध्यक्ष डॉ. कमल गुरूङले भागोपको दर्शन र सिक्किममा यसको गतिविधीको विस्तृत जानकारी प्रस्तुत गरे। उनले जातिको संगठन दह्रिलो हुनु र जातीय चिन्हारी स्थापित गरेर गोर्खाहरूलाई गरिमामय बनाउने दिशामा आह्वान गरे।
उनले यस संगठनमा युवा सहभागितामाथि जोड दिए। कार्यक्रमा सहिद मेजर दुर्गामल्लको प्रतिमाको प्रतिकृतिमा श्रद्धाञ्जली अर्पण गरियो भने, सिक्किमकी एक्ली स्वाधिनता सेनानी सावित्रीदेवी उर्फ हेलेन लेप्चाको तस्वीरमा पनि श्रद्धा अर्पण गरिए। यसका साथै भागोपद्वारा शोध गरेर निर्माण गरेको वृत्तचीत्र लोकार्पण गरियो। यसै गरि सिक्किम परिसंघको दुर्गामल्ल सावित्रीदेवी विशेषाङ्क पनि लोकार्पण गरियो।
अर्कोतिर पाकिम शाखाको तत्परतामा जागरण गीत र राष्ट्रवादी गोर्खा भारती गीत प्रस्तुत गरियो। यसै गरि रिनाक शाखाले राष्ट्रवादी गीत प्रस्तुत गरे। कार्यक्रममा सम्मान पर्व अन्तर्गत 9 जना वरिष्ठ भूतपूर्व सैनिकहरूलाई सम्मान गरिए। यसै गरि भागोपको सहयोगी संस्थान मानव सेवा समिति लेगसेप अनि इष्ट पोइन्ट स्कूल सिंगतामलाई पनि अभिनन्दन गरियो।
कार्यक्रममा पूर्वत्तर राज्य समेत सिक्किमका चारै जिल्लाबाट प्रतिनिधिहरू आएका थिए। यसै गरि कालेबुङ र दार्जीलिङका प्रतिनिधिहरूको पनि गरिमामय उपस्थित थियो।
Monday, August 23, 2010
""जातिप्रेमी हौं भन्ने गर्व गर्नुहुन्छ भने 25 अगस्तको दिन "हक-छुट्टी' लिनुहोस्ः नाट्यभूचण सी. के. श्रेष्ठ'
. गान्तोक, 23 अगस्त। भारतभरिका गोर्खे सन्तानको नाममा भारतीय गोर्खा परिसंघका पूर्व कार्यकारी अध्यक्ष तथा मिशन जाग्रत समाजका राष्ट्रिय निर्देशक नाट्यभूषण सी के श्रेष्ठले बलिदान दिवसको अवसरमा देशको निम्ति अफ्नो प्राणको वलिदान दिने सपुतहरूको श्रद्धामा एक दिन छुट्टी बसेर बलिदान दिवसमा सहभागि बन्ने आह्वान गरेका छन्।
उनले भनेका छन्, 25 अगस्त, 1944 आजाद हिन्द फौजका मेजर दुर्गा मल्लले स्वतन्त्रता संग्राममा हॉंसी-हॉंसी फॉंसी चढ़ेको दिन । मेजर दुर्गा मल्ल जस्तै पश्चिमाञ्चलबाट क्याप्टन दलबहादुर थापा, सिक्किमकी सावित्री देवी, पूर्वाञ्चलका छबिलाल उपाध्यायसरह हजारौं गोर्खा स्वतन्त्रता सेनानीहरूका अतुलनीय उत्सर्गले आज भारत एक स्वतन्त्र राष्ट्रको रूपमा स्थापित छ ।
यस राष्ट्रको निर्माणदेखि सुरक्षासम्म आफ्नो सम्पूर्ण जीवन बलिदान चढ़ाउने ती हजारौं गोर्खा वीर वीरांगनाको स्मृतिमा 25 अगस्तको दिनलाई "बलिदान दिवस'-को रूपमा भारतभरि पालन गरिने प्रयास भर्खरै चलाइएको छ । तर गोर्खाको बलिदानलाई गोर्खाले मात्रै कदर गरेर राष्ट्रले भने गरेन भने त्यो अर्थहीन हुनेछ ।
शहीद दुर्गा मल्ललाई राष्ट्रिय विभूति मानेर संसद परिसरमा मूर्ति स्थापित गरिसकेपछि राष्ट्रले पनि गोर्खाले आजसम्म देचलाई दिएको बलिदानको कदर गर्दै 25 अगस्त "बलिदान दिवस'-लाई मान्यता दिएर राष्ट्रिय पर्वको रूपमा बिदा घोशणा गर्नपर्ने हो । यो कार्य हुनसकेमा अन्य भारतीय जातिहरूको हाराहारीमा गोर्खा जातिलाई पनि मर्यादापूर्वक प्रतिश्ठापित गर्ने प्रक्रियामा ठूलै टेवा पुग्ने थियो । तर यो हुनलाई भारतका सम्पूर्ण गोर्खा सन्तानले एकजूट भएर निरन्तर प्रचेश्टा चलाउन पर्नेछ ।
राष्ट्रिय स्तरमा बलिदान दिवसलाई मान्यता दिलाउन अघि गोर्खाहरूले राज्य-राज्यमा क्षेत्रीय स्तरमा यस दिवसलाई मान्यता दिलाउन पहल शुरू गर्नु पर्नेछ । अनि यस कुरोको निम्ति सबैभन्दा महत्वपूर्ण भूमिका गोर्खाहरू स्वयंले नै निर्वाह गर्नु पर्नेछ । 25 अगस्तलाई सरकारी बिदा घोशणा गर्ने नगर्ने निर्णय त सरकारको हो । तर "गोर्खाहरूको बलिदानलाई कदर गरेर 25 अगस्तलाई सरकारी मान्यता दिनुपर्छ' भन्ने गोर्खाहरू स्वयंले पहिले यस दिनलाई महत्व नदिए सरकारले कसरी देला ?
"सरकारी बिदा' हाम्रो हातको कुरो होइन । तर आनै हातमा भएको "हक-छुट्टी'-लाई त सदुपयोग गर्न सक्छौं नि ! गोर्खा हौं भनेर आनो जातिको गर्व गर्छौं भने 25 अगस्त "बलिदान दिवस'-लाई पालन गर्दै सामूहिक बिदा लिऔं । हाम्रा शहीदहरूको कदर हामी आफैले गरे मात्र अरूले पनि गर्लान्।
याद राख्नुहोस्वीर गोर्खा सेनानीहरूले त हाम्रो निम्ति आनो प्राणसम्म बलि चढ़ाए, आफुलाई सम्पूर्ण रूपले समर्पण गरिदिए । समाजको निम्ति, जातिको निम्ति केही गर्नुपर्छ भन्नेहरूले के एक दिनको छुट्टीलाई बलि चढ़ाउन सक्दैनौं ?
गोर्खा चहीदहरूको नाममा एक दिनको छुट्टीलाई बलि चढ़ाएर सही अर्थमा बलिदान दिवस पालन गरौं ।
जय गोर्खा ! जय हिन्द !!
Subscribe to:
Posts (Atom)