भागोपले राजनैतिक समस्यालाई समाजिक रूपमा हल गर्ने पहल गरेको छः डॉ खरेल
गान्तोक, 11 जुलाई। गोर्खाहरूको राष्ट्रिय संगठन भारतीय गोर्खा परिसंघ सिक्किम राज्य समितिद्वारा मिशन जाग्रत समाजको समाज निर्माणको कार्यशाला आज समापन भयो।
तीन दिने यस कार्यशालाको समापन समारोहका मुख्य अतिथि सिक्किम सरकारी महाविद्यालय तादोङका प्राचार्य डॉ. एम पी खरेलले भागोपको कार्यलाई सराहना गर्दै भने,भागोपले भारतमा गोर्खाहरूको राजनैतिक समस्याहरूलाई सामाजिक स्तरबाट समाधान गर्ने पहल गरेको छ।
भागोप मात्र एउटा यस्तो संस्था हो जसले राष्ट्रिय स्तरमा गोर्खाहरूको समस्यालाई बुझेर निधान गर्ने प्रयास गरिरहेको छ। उनले गोर्खा समाजको उत्थानको निम्ति शिक्षा महत्वपूर्ण विषय भएको हुनाले यसमा गोर्खाहरूले विशेष ध्यान दिनु पर्ने बताए। उनले भने,शिक्षाको विकासले मात्रै देशमा गोर्खा समुदायको विकास हुन सक्छ।
शिक्षाको विकासले मात्र कुनै पनि अधिकार पाउन सकिने बताए। उनले गोर्खा समुदायले राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको विकास गरेर अन्य जातिको हाराहारीमा प्रतियोगी बन्न सक्नु पर्ने आह्वान गरे। यसका साथै भागोप र मिशन जाग्रत समाजको विचारलाई समाजले बुझ्नु पर्ने र यसलाई सहयोग प्रदान गर्नुपर्ने बताए।
यसका साथै कार्यक्रमका विशिष्ठ अतिथि राज्यका पूर्व लोकसभा सांसद नकूलदास राईले भागोप र मिजासको प्रयास अति सराहनीय रहेको बताउदै समाज निर्माणको निम्ति गरिएको पहलले जातिको विकास हुने पक्का रहेको बताए।
उनले भने, यो प्रशिक्षण धेरै उपयोगी छ हाम्रो समुदायको निम्ति यो नितान्त नयाँ विचार हो जुन देश मैं भागोप र मिजासले थालेको नयाँ आयम भएको छ। तर यसलाई सिमित तीन दिनमात्र नभएर कम्तीमा पनि एक हप्तासम्मको शिविर लगाउऩु पर्ने उनले बताए।
यसले गोर्खा समाजलाई नेतृत्व प्रदान गर्न अघि आएकाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेर त्यसलाई अझ निखार्न सकियोस् भन्ने उनले बताए। उनले भागोप र मिजासको यो धारणा युगसापेक्ष र देश मै नयाँ विचार रहेको बताए।
अर्को तिर तिन दिने कार्यशालाका पर्यवेक्षक तथा कालेबुङका चर्चित शिक्षा विद् बीआर छेत्रीले भने भागोप गोर्खा समाजको शरीर हो भने मिशन जाग्रत समाज गोर्खा समाजको भ्रुण हो जसले समाजलाई चाहिएको नेतृत्व जन्माउन सक्छ र सधैं आवश्यक्ता अनुसार जन्माउने छ।
उनले मिजास द्वारा सधैं समाजमा नयाँ र आऴस्य़क नेतृत्व जन्माउन सक्षम रहेको बताए। उनले भागोपले लिएको मिशन जाग्रत समाज जस्तो विचारले नै गोर्खा समाजको विकास संभाव रहेको दावी गरे।
समापन कार्यक्रममा मिशन जाग्रत समाजका राष्ट्रिय निदेशक तथा प्रमुख शोधवक्ता सी के श्रेष्ठले आफ्नो विचार राख्दै भने, मिजास कुनै संगठन होइऩ तर यो एउटा विचार हो जसले जातित्वको आधारमा समाज निर्माणको सिद्धान्तलाई नयाँ प्रस्तुतिकरण र वैज्ञानिक ढाँचामा हालेर समाजका कर्णधार निर्माण गर्ने दिशामा कार्य गरिरहेको छ।
उनले यस विचारलाई लिएर सभ्य समाजको निर्माण गरिने बताए।
समापन कार्यक्रममा प्रक्षिणार्थीहरूले पनि आफ्नो अनुभाव प्रस्तुत गरे। यसै गरि प्रशिक्षणार्थीहरूलाई प्रमाण पत्र वितरण गरियो।
फोटोः भागोप द्वारा आयोजित कार्यशालामा उपस्थित प्रशिक्षणार्थी अनि प्रशिक्षणकगण
No comments:
Post a Comment