Shaheed Durga Malla

Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.

Friday, July 9, 2010

भागोपको तीन दिने समाज निर्माण कार्याशाला प्रारम्भ




सिंगताम,9 जुलाई। भारतीय गोर्खा परिसंघ सिक्किम राज्य समितिको आयोजनमा मिशन जाग्रत समाजको विचारलाई लिएर यहाँको इष्ट पोइऩ्ट पाठशालाको प्रेक्षा गृहमा समाज निर्माणको निम्ति तीन दिवसीय नेतृत्व क्षमता विकास कार्य़ाशाला विधिवत शुरु गरेको छ। कार्यशालामा उपस्थित मुख्य अतिथि गान्तोकका पूर्व जिल्ला अध्यक्ष एबी गुरूङले राष्ट्र निर्माता गोर्खा जातिको निम्ति यो कार्यशाला अति महत्वपूर्ण रहेको बताए।

उनले गोर्खाहरूको परिचय र रष्ट्रिय मान्यताको निम्ति गोर्खाल्याण्डको आवश्यकतामाथि जोड दिए। उनले भने, गोर्खाल्यण्ड भारतभरिका गोर्खाहरूको साझा माग हो यसमा कसैले हाम्रो माग होइन भनेर नकार्न सक्दैन। सिक्किमले यो हाम्रो निम्ति होइन भन्न सक्दैन सिक्किमको इतिहास बुझ्नु पर्छ। यसको निम्ति चार दशक अघिको सिक्किम र अहिलेको सिक्किमलाई हेर्न सकिन्छ। भविष्यमा सिक्किमको निम्ति पनि यसको आवश्यक्ता पर्छ। युवा जमातले इतिहास बुझ्नु पर्छ।

उनले अझ भने सिक्किममा गोर्खा सससससशब्द सुन्न साथै राजनैतिक दृष्टिकोणले हेरिन्छ अब चेतना आउनु पर्छ रह सहीकुरो निर्क्योल गर्नु पर्छ। यसरी नै कार्यशालाका प्रमुख सोधक्ता मिसन जाग्रत समाजका राष्ट्रिय निर्देशक तथा भागोपका पूर्व अध्यक्ष सी के श्रेष्ठले पनि उद्घाटन सत्रलाई सम्बोधन गरे।

श्रेष्ठले भने,समाजको निम्ति चाहिने कर्णधार पहिले सक्षम हुनु पर्छ । समाजका कमि कमजोरी सबैलाई केलाउन तीन दिन सम्म यहाँ हामी घोत्लिएर समाधानको निकासा गर्ने छौ। उनले अझ भने समाजमा रहेका सबै विसंगतीहरूको छिनोफानो गर्दै राष्ट्रिय मूलधारामा कसरी हाम्रो समुदायलाई विकास गर्ने त्यसको सोचलाई यहा मन्थन गर्नेछौ।

यसैगरि भागोप सिक्किम राज्य समितिका अध्यक्ष डॉ. कमल गुरूङले कार्याशाल उद्घाटनमा उपस्थित प्रशिक्षणार्थी तथा अथितिगणलाई स्वागत जनाउदै राष्ट्रनिर्माणमा सुयोग्य गोर्खा समाजको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजन गरिएको बताए । उनले भागोप राष्ट्रिय स्तरको संगठन भएकोले कार्यकर्ताहरूमा पनि राष्ट्रियस्तरको भावनाको विकास र व्यावहारिकतामा पनि अघि ल्याउनु पर्ने बताए।

उद्घाटन सत्रमा भागोप जेन 2 का महासचिव एसपाण्डे, नागाल्याण्डका पूर्व पूलिसमहानिदेशक सी पी गिरी, पूर्व डिआइजी जोगेन्द्र बस्नेत,भागोप कालेबुङ समितिका उपाध्यक्ष पीके प्रधान, भागोप मिरिक शाखा अध्यक्ष टीएम गुरूङ, मिरिकका पूर्व नगरापलाकी अध्यक्षा कमला तामङ, भागोप रिनाक शाखा अध्यक्ष एल एम पौड्याल, सचिव गणेश प्रधान, भागोप दार्जीलिङ शाखा महासचिव कृष्ण प्रधान ,कालेबुङका शिक्षाविद् बीआर छेत्री लगायत सिक्किम दार्जिलिंङका राजनैतिक दलका कार्यकर्ता, सरकारी कमर्चारी, समाजसेवी तथा पूर्वोत्तर राज्यबाट 8 जना प्रशिक्षणार्थी रहेको यस शिविरमा जम्मा 40 जना समाज निर्माणको निम्ति प्रतिबद्ध व्यक्तित्वले भाग लिए।

उद्घाटन कार्यक्रममा भागोपको यो महत कार्यको निम्ति इष्ट पोइन्ट पाठशाला द्वारा आवश्यक सहयोग प्रदान गरिएकोमा भागोप र मिजासको पक्षमा दिवस लामाले स्कूलका प्रोपराइटर डीके सुब्बालाई फूलको गुच्छा दिएर आभार प्रकट गऱ्यो। आगामी 11 जनवरी सम्म चल्ने यस कार्यशालामा दार्जीलिङबाट अमर सिंह देवान, सिक्किमबाट प्रवीण खालिङ, नारायण भट्टराई, कालेबुङबाट हिरा छेत्री, टिस्ताबाट राजेन छेत्री, असमबाट राम दहाल प्रशिक्षण सहयोगीको रूपमा कार्यरत रहेका छन्।

यसै गरि कार्यक्रममा विभिन्न संघ संस्थानले भागोपका सहयोगी संस्थाको रूपमा कार्यशालामा सहयोग पुऱ्याइ रहेका छन्। जसमा पतनंजलली योग संस्थान, संद्भावना समिति सिंगताम आदि रेहका छन्। यसका साथै आरपी पौ़ड्यालको नेतृत्वमा कार्यशाला आयोजन उपसमितिले सम्पूर्ण व्यावस्थापन गरेको छ।

No comments:

Post a Comment