
भारतीय गोर्खाहरूको गौरव तथा भारत देशको स्वाधिनताको निम्ति 1944 सालमा सुभाष चन्द्र बोसको नेतृत्वमा रहेको इंडियन नेशनल आर्मी (आइएनए)मा मातृभूमि भारतको मुक्तिको निम्ति फाँसीको फन्दामा हाँसी-हाँसी चडेर गोर्खाहरूको देश प्रतिको योगदानलाई साबित गर्ने महान सहिद मेजर दूर्गा मल्लको बलिदानलाई कदर गर्दै पालन गरिने 25 अगस्तको राष्ट्रव्यापी यस कार्यक्रमलाई सिक्किम राज्य शाखाले पाकिमको समुदायीक भवनमा पालन गर्ने निधों गरेको छ। जसमा यहाँहरूको व्यक्तिगत, पारिवारिक र समाजिक उपस्थितिको अपेक्षा गर्दछौं। उक्त दिन सिक्किमी स्वातन्त्रता सेनानी हेलेन लेप्चा (सावित्रीदेवी)के नाममा उक्त कार्यक्रमोक मंच समर्पित गरिनेछ अर्थात हेलेन लेप्चा स्मृति मंचमा कार्यक्रम हुनेछ।
No comments:
Post a Comment